डडेल्धुरामा गरिएको परिक्षणमा सुदूरपश्चिमका थप ५७ जनामा कोरोना पुष्टि

डडेल्धुरामा गरिएको परिक्षणमा सुदूरपश्चिमका थप ५७ जनामा कोरोना पुष्टि

धनगढी : सुदूरपश्चिम प्रदेशमा आज थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । डडेल्धुरा जिल्ला अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ५७ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा एक हजार १०६ जनाको कोरोना परीक्षण भएकोमा ५७ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । कैलालीको घोडाघोडी नगरपालिकाका ३१ जना, टीकापुर नगरपालिकाका ८ जना, गौरीगंगा नगरपालिकाका ७ जना र जानकी गाउँपालिकाका एक जना गरी ४७ जनामा संक्रमण पुष्टि भएको प्रयोगशाला इन्चार्ज इश्वरी प्रसाद भुषालले जानकारी दिए ।

यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिकाका ८ जना, कञ्चनपुरकै महाकाली नगरपालिकाका एक जना र बैतडीको नेपाली सेना गणका एक जनामा कोरोना पुष्टि भएको उनले बताए ।