अर्थ बिकास तथा प्राकृतिक स्रोत समितीको टोलीद्धारा अछाममा बाढीले पुर्‍याएको क्षेतीको अनुगमन

अर्थ बिकास तथा प्राकृतिक स्रोत समितीको टोलीद्धारा अछाममा बाढीले पुर्‍याएको क्षेतीको अनुगमन

धनगढी : सुदूरपश्चिम प्रदेशको अर्थ बिकास तथा प्राकृतिक स्रोत समितीको टोलीले अछामका विभिन्न ठाउँमा बाढी र पहिरोले पुर्‍याएको  क्षेतीको स्थलगत अनुगमन र निरिक्षण गरेको छ । 

जिल्लाको साँफेबगर नगरपालिका र चौरपाटी गाउँपालिका ४ का विभिन्न ठाउँमा स्थलगत अनुगमन गरिएको हो । साथै केही सम्पन्न भएका योजनाहरुको पनि अनुगमन तथा निरिक्षण गरिएको अर्थ बिकास तथा प्राकृतिक स्रोत समितीका सभापती हर्क बहादुर कुवरका स्वकीय सचिव रविन्द्र साउँदले जानकारी दिए ।

अनुगमन तथा निरीक्षणमा समितीका सभापति हर्क बहादुर कुवर, भरत बहादुर खड्का, बल बहादुर सोडारी, अमर बहादुर साउद र जिल्ला समन्वय समितीका प्रमुख नर बहादुर कुवरको सहभागिता रहेको थियो ।

यस्तै साफेबगर नगरपालिका प्रमुख कुल बहादुर कुवर, नेपाली कांग्रेस जिल्ला सभापति भरत बहादुर स्वार, नेकपा पार्टी प्रतिनिधि प्रकाश शाह, सिलोज कुवर, पुर्बाधार बिकास कार्यालय साफेबरका प्रमुख जङ्ग थापा, जलस्रोत तथा सिचाइ डिभिजन प्रमुख खेमराज रेग्मी, भु-जलाधार कार्यालय डोटीका प्रमुख श्याम श्रेष्ठ र वडा अध्यक्ष लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।