सुदूरपश्चिममा आज थप ११४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५ हजार ५१० पुग्यो

सुदूरपश्चिममा आज थप ११४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५ हजार ५१० पुग्यो

धनगढी : सुदूरपश्चिम प्रदेशमा आज थप ११४ जनामा कोरोना पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशाला र डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशामा गरिएको परिक्षणमा ५७ जनामा संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ४६९ जनामा गरिएको परिक्षणमा ५७ जनामा कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ ।

अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार आज थप २१ महिला र ३६ पुरुषमा संक्रमण पुष्टि भएको हो । उनले अछामको मंगलसेन नगरपालिका वडा नम्बर ५ का १४ जा, साँफेबगर नगरपालिकाका ३ जना, अछामकै स्थानीय तह नखुलेका एक जना पुरुष, डोटीको बोगटान फुडसिल गाउँपालिकाका २ जना र आर्दश गाउँपालिकाका ४ जनामा संक्रमण देखिएको बताए ।

यस्तै कैलालीको टीकापुर नगरपालिकाका १४ जना, मोहन्याल गाउँपालिका वडा नम्बर १ का २ जना, बझाङ्गका २ जना, धनगढी उपमहानगरपालिकाका १३ जना, कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर ४ का एक जना र बेलडाडी गाउँपालिकाका एक जनामा संक्रमण पुष्टि भएको सुचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

उता डडेल्धुरा जिल्ला अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार १०६ जनाको कोरोना परीक्षण भएकोमा ५७ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

कैलालीको घोडाघोडी नगरपालिकाका ३१ जना, टीकापुर नगरपालिकाका ८ जना, गौरीगंगा नगरपालिकाका ७ जना र जानकी गाउँपालिकाका एक जना गरी ४७ जनामा संक्रमण पुष्टि भएको प्रयोगशाला इन्चार्ज इश्वरी प्रसाद भुषालले जानकारी दिए ।

यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिकाका ८ जना, कञ्चनपुरकै महाकाली नगरपालिकाका एक जना र बैतडीको नेपाली सेना गणका एक जनामा कोरोना पुष्टि भएको उनले बताए । योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पाँच हजार पाँच सय १० पुगेको छ।