ओली भेट्न प्रचण्ड पुगे बालुवाटार

ओली भेट्न प्रचण्ड पुगे बालुवाटार

छिल्लो नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा हुदै आएको सुधारलाई थप टुङगो लगाउन अध्यक्ष केपी शर्मा ओली भेट्न अर्का अध्यक्ष पुस्पकमल दाहाल (प्रचण्ड) बालुवाटार पुगेका छन्।

कार्यदलले बुझाएको प्रतिवेदनका माथि दुवै अध्यक्षबीच छलफल हुने बालुवाटार स्रोतले जनाएको छ।

पार्टी विवाद समाधान गर्न दुई अध्यक्षले साउन ३० गते महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका थिए। कार्यदलले शनिबार प्रतिवेदन बुझाएको थियो।