बिना परीक्षा ईच्छा अनुसार पास हुनेलाई बधाई छ

बिना परीक्षा ईच्छा अनुसार पास हुनेलाई बधाई छ

बिना परीक्षा ईच्छा अनुसार पास हुनेलाई बधाई छ।
मनपरी जिपिए ल्याएका ति भाइ बुनेलाई बधाई छ।

बा आमा आफन्त कति मख्ख छन फेसबुक हेरे भो
कतिका सपना पुरागरीदिने यो कोरुनेलाई बधाई छ।

आफ्नो नाम शुद्धसंग लेख्न नजान्नेले नि चार जिपिए
ल्याएका बधाई छ झुमा,बिरे,जैभने,फुनेलाई बधाई छ।

यस्तै भए त शिक्षामा क्रान्ति हुन्थ्यो फेलहुने नि घट्थे
हे प्रभो बिना परीक्षा पासहुने नीति बनुनेलाई बधाई छ।

कति खुसियाली हो हेर कतिको त नसोचेकै फल आयो 
मजाले बसि बसि सफलताको शिखर छुनेलाई बधाई छ।