गरुँला चुक्ता हिसाब पाइ-पाइ सोचिरहेछुँ।
बेकार लडिएछ नि त्यो लडाइ सोचिरहेछुँ।
अब त के सम्झिन्थ्यौ कमरेड तिनका दुःख,
जसले दिन्थे भात आफू नखाइ सोचिरहेछुँ।
भनियो उहिले काम नै मुल्यांकनको आधार
तर त्यो रहेछ पोस्ट,सेयर,वाइफाइ सोचिरहेछुँ।
खुब क्रान्तिका कुरा गर्थेउ नि उहिले हामीलाई
चौरमा बटुलेर मान्छे गीत गाइ गाइ सोचिरहेछुँ।
हेर एकदिन तिम्रो घमण्ड जलेर खरानी हुनेछ
कोहि हिम्मत नगर्ला र कोर्न सलाइ सोचिरहेछुँ।
अहिले त पदमा छौ र सबैले नमस्कार गर्दा हुन
बिर्सियौ सडकमा छदाका दाजुभाइ सोचिरहेछुँ।