तिमी हौ फूल डालीको, तिमी नै हौ सुवासना

तिमी हौ फूल डालीको, तिमी नै हौ सुवासना

तिमी हौ फूल डालीको, तिमी नै हौ सुवासना।
तिमी भक्ती तिमी पूजा, तिमी नै हौ उपासना।।

म पूजा गर्दछुँ प्रिया, किन त्यो मन्दिर धाउनु
तिमी कैलाश झै मेरो, तिमी मेरी मनकामना।

तिमी हौ घरकी लक्ष्मी, तिमी नै हौ सरस्वती 
म तिम्रै गरुँला पूजा, तिम्रो नै स्तुति वन्दना।

गुलाफी ओठमा हेरुँ, कि हेरूँ चक्षु चञ्चल,
र आँखा बन्द झै राखी,गरुँ म काव्य सिर्जना।

म तिम्रै गीत गाऊँ झै, बसूँ  झै म समीपमा,
छातीमा बिम्ब टासेर, भरूँ म कापिका पना।