अस्तव्यस्त भयो दैनिकी चाँडै ब्युझिउने बानी पार्नु छ

अस्तव्यस्त भयो दैनिकी चाँडै ब्युझिउने बानी पार्नु छ

अस्तव्यस्त भयो दैनिकी चाँडै ब्युझिउने बानी पार्नु छ।
कोरोना तिमीसंग लिभिङ टुगेदर जिउने बानी पार्नु छ।

सापट लिएरै भए नि कर त तिर्नुस जिमखाना बनाउन
खोल्नुस मधुशालाहरु छुटेको त्यो पिउने बानी पार्नु छ।

गाडी फेर्नुस गलैंचा फेर्नुस कसले रोक्न छेक्न सक्छ 
आफ्नो त आङ छोप्न जामा भोटो सिउने बानी पार्नु छ।

गणतन्त्र हो औला नउठाउ तिमी छुट छ जनप्रतिनिधि 
चुनाव आए सम्झिनु अब मैले निहुरिउने बानी पार्नुछ।