दार्चुलामा ट्याक्टर दुर्घटना हुदा एकको मृत्यु, ५ गम्भीर घाइते

दार्चुलामा ट्याक्टर दुर्घटना हुदा एकको मृत्यु, ५ गम्भीर घाइते


दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मार्मा गाउँपालिका–६ का ४० वर्षीय गणेश धामी रहेको ईलाका प्रहरी कार्यालय लटिनाथका ईन्चार्ज एवं प्रहरी निरीक्षक कमलबहादुर विष्टले जानकारी दिए । मार्मा गाउँपालिकाका –२ सेलभिसाबाट सामान बोकेर अपी हिमाल गाउँपालिकाको मकरीगाड जादै गरेको से ४ क ४०४७ नम्बरको ट्याक्टर बुधवार विहान १० बजेतिर रातापानी भन्ने ठाउँमा दुर्घटना भएको हो ।
दुर्घटनामा परी अन्य पाँच जना घाइते भएका छन् । घाइते हुनेमा मार्मा–१ का १६ वर्षीय विकास नेपाली, सोहि ठाउँका ५३ वर्षीय रामसिह महरा, १९ वर्षीय कृष्ण नेपाली, २२ वर्षीय सागर नेपाली र अपि हिमाल गाउँपालिका–२ का विर सिंह लोथ्याल रहेको प्रहरी निरीक्षक विष्टले बताए । घाइते पाँचै जनालाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको छ । ट्याक्टर चालक कमल लामालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेकोे प्रहरीले जनाएको छ ।