डडेल्धुरामा गरिएको परिक्षणमा सुदूरपश्चिमका थप १९ जनामा कोरोना पुष्टि

डडेल्धुरामा गरिएको परिक्षणमा सुदूरपश्चिमका थप १९ जनामा कोरोना पुष्टि

धनगढी : डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा सुदूरपश्चिमका थप १९ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएका ३४८ नमुनाहरुमध्ये १९ जनामा संक्रमण देखिएको हो ।

अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी प्रशाद भूषालले पछिल्लो २४ घण्टामा परिक्षण गरिएका ३४८ नमुनाहरुमध्ये १९ जनाको रिपोर्ट पोजेटिभ र ३२९ जनाको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए । उनले बैतडीको दशरथचन्द नगरपालिकाका ८ जना, मेलौली नगरपालिकाका ३ जना र शिबनाथ गाउँपालिकाका ५ जनामा संक्रमण पुष्टि भएको बताए ।

यस्तै डोटीको जोरायल गाउँपालिकाका एक जना र बझाङको जयपृथवी नगरपालिकाका एक जनामा संक्रमण देखिएको प्रयोगशाला इन्चार्ज भूषालले जानकारी दिए ।