‘कुलमानलाई सामाजिक सञ्जालले पुनस् नियुक्ति दिएको हो, सरकारले होइन’: मन्त्री खतिवडा

‘कुलमानलाई सामाजिक सञ्जालले पुनस् नियुक्ति दिएको हो, सरकारले होइन’: मन्त्री खतिवडा

सरकारका प्रवक्ता तथा संचार एवं अर्थमन्त्री डा. युवराज खतिवडाले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको विषयमा मन्त्रिपरिषद्मा कुनै छलफल नभएको प्रष्ट पारेका छन् ।

मन्त्रिपरिषद्को निर्णयहरु सार्वजनिक कार्यक्रममा सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिंदै मन्त्री खतिवडाले घिसिङलाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले पुनर्नियुक्ति दिलाएको टिप्पणी गरेका हुन् । मन्त्रिपरिषद वैठकले घिसिङलाई पुन : नियुक्ति दिएको समाचार सार्वजनिक भएको थियो ।

घिसिङको कार्यकाल भदौ २९ गते सकिंदै छ । उनलाई प्राधिकरणमै पुनस् नियुक्ति गर्नुपर्ने दवाव छ । घिसिङले पनि प्राधिकरणमा आफ्ना थुप्रै योजनाहरू अधुरो रहेको भन्दै पुनस् नियुक्तिका लागि पहल गरिरहेका छन् ।