नेपालमा कोरोनाले आज ८ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या १८३ पुग्यो

नेपालमा कोरोनाले आज ८ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या १८३ पुग्यो

नेपालमा विहीबार थप ८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १८३ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा सो जानकारी दिएका हुन् । यसअघि हिजो बुधबार कोरोनाका कारण ११ जनाको मृत्यु भएको थियो ।

जसमा मोरङकी ४६ वर्षीया महिला, भक्तपुरकी ५३ वर्षीया महिला, कैलालीका ४५ वर्षीय र ५० वर्षीय २ जना पुरुष, महोत्तरीका ६०, ७२ र ७५ वर्षीय तीन पुरुष, बाँकेका ३७ वर्षीय पुरुष, काठमाडौँका ५१ वर्षीय पुरुष र बाराका ४१ र ४६ वर्षीय २ जना पुरुष थिए ।