काठमाडौंसहित यी ९ जिल्लामा छन् ५०० भन्दा बढी उपचाररत कोरोना संक्रमित

काठमाडौंसहित यी ९ जिल्लामा छन् ५०० भन्दा बढी उपचाररत कोरोना संक्रमित

नेपालमा आज (बिहीवार) थप १ हजार १११ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३५ हजार ५२९ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा १ हजार १११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

प्रवक्ता गौतमका अनुसार नेपालका ९ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेका छन् ।

५ सय भन्दा बढी कोरोना संक्रमित भएका ९ जिल्ला

नेपालमा बितेको २४ घण्टामा थप ३ सय ६९ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या २० हजार ७३ रहेको छ ।

कुल संक्रमित मध्ये ५६ प्रतिशत संक्रमित संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज भएका प्रवक्ता गौतमले जानकारी दिए ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण १८३ जनाको मृत्यु भएको छ ।