त्रीनगर भन्सारमा कञ्चनपुर प्रशासनको ईन्ट्रीः 'रेड लेबल' को भरमा भारतीय नागरीक भित्र्याईदै

त्रीनगर भन्सारमा कञ्चनपुर प्रशासनको ईन्ट्रीः 'रेड लेबल' को भरमा भारतीय नागरीक भित्र्याईदै

धनगढी, भदौ ११ ।

बुधवारदेखि त्रीनगर भन्सार (गौरीफन्टा) नाका र त्योसंगै जोडिएको डोकेबजार क्षेत्रमा कञ्चनपुरको सुरक्षा टोली खटिएको छ । त्रीनगर भन्सारमा कञ्चनपुर प्रशासनको उपस्थिति भएको पहलो दिन नै भारतीय नागरीक नेपाल भित्र्याईएको पाईएको छ ।

नाका स्थापना भएदेखि नै गौरीफन्टामा सुरक्षा दिदै आएको कैलालीको सुरक्षा टोली बुधवार त्यहाँबाट फिर्ता भएको छ । गौरीफन्टा नाका र सीमा क्षेत्रमा खटिएको कैलालीको सशस्त्र प्रहरी र प्रहरीको ठाउँमा कञ्चनपुरले बुधवारदेखि आफ्नो सुरक्षा टोली तैनाथ गरेको पहिलो दिन नै रेडलेबल र आर्थिक चलखेलको भरमा अबैध रुपमा भारतीयनागरीक नेपाल भित्र्याउने यो हर्कतले सिमा सुरक्षा तथा सिङ्गो ससत्र प्रहरी प्रशासन माथिनै प्रस्न चिन्ह खडा भएको छ ।

परिचय नखुलाउने सर्तमा एक प्रतक्ष दर्शिले धनगढी खबरलाई प्रश्न गर्दै भने, "गौरीफन्टा नाकाबाट नेपाल भित्रीन पैशा तिर्नु पर्ने भएको हो र ? यहाँ खटिएका शसस्त्र प्रहरीका इनिस्पेक्टर साब त रेडलेबल अनि पैशा माग्दै भारतीय नागरीक नेपाल भित्र्याउँदै हुनुहुन्छ यो निषेधाज्ञाको समयमा, कि प्रशासनको निगरानि अनि सुरक्षा निति फरक फरक हुदो रहेछ ?"

बुधबारमात्रै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले त्रीनगर भन्सार भएर नेपाल भित्रिन चाहने नेपाली र भारत जान चाहने भारतीयले बिहान १० बजेदेखि साझ ५ बजेसम्म प्रवेश गर्न सक्ने र नाकाबाट भारतीय नागरिकले नेपाल प्रवेश नपाउने र नेपाली नागरिकले भारत जान नपाउने भन्ने भनाई पनि बोलीमै सिमीत भएको छ ।