धरानमा उपचाररत थप दुईजना कोरोना संक्रमितको मृत्यु

धरानमा उपचाररत थप दुईजना कोरोना संक्रमितको मृत्यु

 सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्‍ठानमा उपचाररत थप दुईजना कोरोना संक्रमितको ज्यान गएको छ ।

झापाको दमक–३ घर भएका ८३ वर्षीय पुरुष र मोरङको बेलबारी–५ की ५६ वर्षीया महिलाको मृत्यु भएको प्रतिष्‍ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिएका छन् ।