दार्चुलामा धारिलो हतियार प्रहार गरि एक जनाको हत्या

दार्चुलामा धारिलो हतियार प्रहार गरि एक जनाको हत्या

दार्चुला । दार्चुला जिल्लामा धारिलो हतियार प्रहार गरि एक जनाको हत्या गरिएको छ । विहिवार शैल्यशिखर नगरपालिका २ देथलाका ४८ वर्षीय शेरबहादुर चन्दको हत्या गरिएको हो ।

चन्दको गाउँकै गंगादत्त भट्टले धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । हत्यापछि भट्ट फरार रहेको र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुरेन्द्र प्रसाद जोशीले जानकारी दिए ।