रगतको अभाव भयो, आवश्यक सावधानी अपनाएर रक्तदान गरौँ’

रगतको अभाव भयो, आवश्यक सावधानी अपनाएर रक्तदान गरौँ’

रगतको अभाव बढ्दै गएपछि सरकारले सुरक्षा सावधानी अपनाएर रक्तदान गर्न आह्वान गरेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल अन्तर्गतको राष्ट्रिय रक्तसञ्चार ब्यूरोले आज सार्वजनिक सूचना निकालेर रगतको अभाव भएकाले रक्तदानका कार्यक्रमलाई नियमित गर्न आग्रह गरेको हो । 

बिरामीलाई आवश्यक रगत उपलब्ध गराउन निकै कठिन भएकाले आवश्यक सावधानी अपनाएर सबै रक्तदाताले रगत दान गर्न सूचनामा आग्रह गरिएको छ । 

कोरोनाको जोखिम बढ्दै गएपछि अहिले रगत संकलन हुन सकेको छैन । महामारीका बेला कसरी नियमित कार्यक्रमलाई अगाडि बढाउने भन्ने विषयमा छलफल र तयारी नहुँदा बिरामीले सजिलै रगत पाउन छोडेका छन् । 

कोरोनाको संक्रमण समुदायस्तरमा नै फैलिसकेकाले कसरी र कसले रगत दान गर्ने भन्ने अन्यौल बढेको छ ।