विनाेद चाैधरीलाई पनि काेराेना सङ्क्रमण

विनाेद चाैधरीलाई पनि काेराेना सङ्क्रमण

नेपालका उद्योगपति एवं सांसद विनोद चौधरीलाई पनि कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । 

सामाजिक सञ्जाल ट्विटरमा चौधरीले आफूलाई कोरोना पोजेटभ देखिएको जानकारी दिनुभएको हो । उहाँले आफूलाई कोरोनाको कुनै लक्षण भने नदेखिएको बताउनुभएको छ । 

चौधरीले अब डाक्टरको सल्लाहअनुसार आफू आइसोलेशनमा बस्ने बताउनुभएको छ । उहाँले आफ्नो सम्पर्कमा आएकालाई पनि सावधानी अपनाउन सुझाव दिनुभएको छ ।