१३ दिनपछि खुल्यो रसुवागढी नाका

१३ दिनपछि खुल्यो रसुवागढी नाका

रसुवागढी नाका १३ दिन पछि खुलेको छ ।  चीनतर्फ गएको पहिरोको कारण गएको साउन ३२ गतेदेखि नाकामा आयात निर्यात रोकिएको थियो ।

चीनको केरुङभन्दा वर पर्ने ठोङ्सामुनिको घुम्तीनेर गएको पहिरो पन्छाएसँगै आयात सुरु भएको रसुवा भन्सारका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले बताउनुभयो ।

शुक्रबारदेखि नियमित कारोबार सुरु भएको उहाँले बताउनुभयो ।  रसुवागढी नाकाबाट तयारी कपडा, स्याउ, विद्युतीय सामग्री, निर्माण सामग्री, जुत्ता चप्पल, चस्माको फ्रेमलगायतका सामग्री आयात हुने गरेको छ ।

यस्तै नेपालबाट बाँसको मुढा, काठका सामग्री, हस्तकलाका सामग्री निर्यात हुने गरेको छ । तर पछिल्लो समय चिनियाँ पक्षले निर्यातको लागि अनुमति दिएको छैन ।