डोटी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ९ जनामा कोरोना पुष्टि

डोटी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ९ जनामा कोरोना पुष्टि

धनगढी : डोटी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय २८ जनाको परीक्षण गरिएकोमा ९ जनामा संक्रमण पुष्टि भएको हो। आज थपिएका सबै डोटीको सायल गाउँपालिकाका रहेका छन् ।

सायल गाउँपालिकाका ६ पुरुष र ३ महिलामा गरी ९ जनामा कोरोना पुष्टि भएको प्रयोगशाला ईन्चार्ज शौरभ श्रेष्ठले जानकारी दिए ।