कक्षा १२ को परीक्षा असोजभित्र गर्न अनेरास्ववियूको माग

कक्षा १२ को परीक्षा असोजभित्र गर्न अनेरास्ववियूको माग

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनले कक्षा १२ को परीक्षा असोजभित्र गर्न माग गरेको छ।कोरोना महामारीका कारण रोकिएको कक्षा १२ को परीक्षा असोजभित्र होम सेन्टरको व्यवस्था गरी गर्न माग गरेको हो।

सहज नभएको सन्दर्भमा वैकल्पिक माध्यमबाट परीक्षा लिनसमेत माग गरेको हो। त्यसका लागि कक्षा ११ आधारमा ५० प्रतिशत मूल्याङ्कन गर्ने र बाँकी ५० प्रतिशत अनलाइनमार्फत् गरेर परीक्षा गर्नुपर्ने माग अघि सारेको हो।

अनेस्ववियू सह-संयोजक रञ्जित तामाङले शिक्षामन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन्। शैक्षिक शत्र र ज्वलन्त शैक्षिक विषयबारे शिक्षा मन्त्रालयलाई २१ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ।

महामारीका कारण शैक्षिक सत्र खेर जान नदिन सरकारले अहिले देखि नै विकल्पहरूबारे तयारी गर्नुपर्नेमा अनेरास्ववियूले जोड दिएको छ ।