शेरबहादुरका हत्यारा पक्राउ, पत्रकार सम्मेलन गरी सार्वजनिक

शेरबहादुरका हत्यारा पक्राउ, पत्रकार सम्मेलन गरी सार्वजनिक


दार्चुला: शैल्यशिखर नगरपालिका -२ रौतेउडा सल्लेबगर बस्ने ४५ वर्षीय शेरबहादुर चन्दको हत्या गर्ने वडा नम्बर २ तारुलीका ३४ वर्षीय गंगादत्त भनेर चिनिने गोविन्द भट्टलाई प्रहरीले पक्राउ गरेको छ ।

बिहीवार चन्दको हत्या गरी फरार भएका भट्टलाई प्रहरीले शुक्रवार वडा नम्बर २ को तारुली जंगलबाट पक्राउ गरेको हो । भट्टले शेरबहादुरको टाउँको र गर्धनमा धारिलो हतियार हँसिया (बनास) प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुरेन्द्र प्रसाद जोशीले बताए । हत्या गरी फरार रहेका भट्टलाई शुक्रवार बिहान सवा १० बजे पक्राउ गरी पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो ।

भट्टलाई जन्मकैदको सजाय हुने प्रहरी निरीक्षक जोशीले बताए ।