सुदूरपश्चिममा आज कस्तो छ वर्षाको सम्भावना ?

सुदूरपश्चिममा आज कस्तो छ वर्षाको सम्भावना ?

आज (शनिबार) पनि देशका विभिन्न स्थानमा हल्कादेखि भारीसम्म वर्षा हुने सम्भावना रहेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

माैसमविद् मञ्जु बासीका अनुसार अहिले बिहान कतै पानी परेकाे छैन। धेरैजसाे स्थानमा आंशिकदेखि सामान्यसम्म बदली छ। याे भनेकाे धेरै ठाउँमा घाम लागेकाे छ। 

महाशाखाका अनुसार आज दिउँसो भने देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। साथै प्रदेश न. १ का एक वा दुई स्थानमा भारी भने वर्षाको समेत सम्भावना छ।

यसैगरी राती पनि देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। सुदूरपश्चिम प्रदेशका भने एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।