कोरोना संक्रमित बढेपछि डोटीमा एक साता निषेधाज्ञा

कोरोना संक्रमित बढेपछि डोटीमा एक साता निषेधाज्ञा

डोटी : कोरोना संक्रमित बढ्न थालेपछि डोटीमा पनि निषेधाज्ञा गर्ने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालय डोटीमा बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले भदौ १४ गते राति १२ बजेदेखि लागू हुने गरी एक हप्ताका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

निषेधाज्ञा पहिलो चरणमा भदौ २१ गते आइतबार रातिसम्म सात लागू हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय डोटीका अनुसार जिल्लामा एक हप्तामा कोरोना संक्रमित बढेर ९०० पुगेको छ ।

जिल्लामा दिनहुँ कोरोना संक्रमितको संख्या बढ्न थालेपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि एक हप्ताका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले बताए ।