धनगढी उपमहानगरपालिकामा समुदाय स्तरमा कोरोना परीक्षण गर्ने तयारी

धनगढी उपमहानगरपालिकामा समुदाय स्तरमा कोरोना परीक्षण गर्ने तयारी

धनगढी : धनगढी उपमहानगरपालिकाले समुदाय स्तरमा कोरोना परिक्षण गर्ने तयारी थालेको छ । पछिल्लो समय समुदायमा कोराना देखिन थालेपछि उपमहानगरपालिकाले समुदाय स्तरमा कोरोना परिक्षण गर्ने तयारी थालेको हो ।

उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडका अनुसार भोली देखि एउटा मापदण्ड बनाएर समुदायमा कोरोना परीक्षण गरिने भएको हो ।

समुदायमा सबैको कोरोना परीक्षण गर्नु आवश्यक छैन नगरप्रमुख वडले भने, संक्रमितका परिवार, बढी जनसम्पर्कमा रहने ब्यक्तिबाट नमुना छनौट विधीको प्रयोग गरेर छनौटमा परेकाहरुबाट स्वाव संकलन गरिने छ ।

धनगढीमा भोली देखि थप ५ दिन निषेधाज्ञाको समय थप गरी समुदाय स्तरमा कोरोना परीक्षण गरिने छ नगरप्रमुख वडले भने, विस्तारै परीक्षणको दायरा बढाउदै लगिने छ । धनगढीमा समुदाय स्तरमा कोरोना संक्रमण फैलिएपछि स्थानीय संक्रमितको संख्या बढ्दै गएको छ ।