कैलालीमा थप पाँच दिन निषेधाज्ञाको अबधि लम्बियो

कैलालीमा थप पाँच दिन निषेधाज्ञाको अबधि लम्बियो

धनगढी : कैलालीमा  निषेधाज्ञाको अबधि  थप गरेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले निषेधाज्ञाको अबधि पाँच दिन थप गरेको छ ।जिल्ला प्रशासन कार्यालय कैलालीले यस अघि भदौ १४ गते राति १२ बजे सम्मका लागी निषेधाज्ञा जारी गरेको थियो । त्यो समय अवधी भोलि राति १२ बजे सकिदैछ ।

कोरोना संक्रमणको जोखिम बढिरहेकोले सबैको सल्लाह र सुझावका भरमा निषेधाज्ञाको अबधि पाँच दिनका लागि थप गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए । अब कैलालीमा भदौ १९ गते राति १२ बजेसम्मका निषेधाज्ञा जारी गरिएको उनले बताए ।