डडेल्धुरामा गरिएको परिक्षणमा थप ४९ जनामा कोरोना पुष्टि

डडेल्धुरामा गरिएको परिक्षणमा थप ४९ जनामा कोरोना पुष्टि

धनगढी : सुदूरपश्चिम प्रदेशमा आज थप ४९ जनामा कोरोना पुष्टि भएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा थप ४९ जनामा संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा गरिएका ३८५ नमुनामध्ये ४९ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भूषालका अनुसार सुदूरपश्चिमका पहाडी तीन जिल्लामा मात्रै ४९ जना संक्रमित थपिएका हुन । उनले बैतडीको पाटन नगरपालिकाका १८ जना, दोगडाकेदार गाउँपालिकाका दुईजना, सुर्नया गाउँपालिकाका एकजना र दार्चुलाको महाकाली नगरपालिकाका दुई जनामा कोरोना पुष्टि भएको बताए ।

यस्तै बझाङको दुर्गाथली गाउँपालिकाका २३ जना र केदारस्यूँ गाउँपालिकाका ३ जनामा संक्रमण देखिएको प्रयोगशाला इन्चार्ज भूषालले जानकारी दिए ।