कञ्चनपुरमा आफ्नै नाबालक छोरालाई बिष खुवाउने आमाको पनि मृत्यु

कञ्चनपुरमा आफ्नै नाबालक छोरालाई बिष खुवाउने आमाको पनि मृत्यु

कञ्चनपुर : कञ्चनपुरको पुनर्वास नगरपालिका १ गणेशवस्तीमा शुक्रबार आफ्नै ८ वर्षको छोरालाई विष सेवन गराइ आफुले पनि बिष सेवन गरी घाइते बनेकी २४ वषिय निर्मला रानाको पनि मृत्यु भएको छ । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार गरिरहेको रानाको शनिबार विहान मृत्यु भएको हो ।

मृतक रानाले आफ्ना छोरा एलेक्स रानासंगै सल्फास नामक बिसादी खाएकी थिइन् । छोरा एलेक्स रानाको हिजो शुक्रबारनै मृत्यु भएको थियो । मृतक निर्मलाले के कति कार्णले विष सेवन गरेको हो कारण थाहा हुन नसकेको कञ्चनपुरका प्रहरी प्रबत्ता प्रहरी नायब उपरीक्षक अमर बहादुर थापाले बताए ।

मृतक रानाले बिष सेवन गरेको जानकारी पाउना साथ निर्मलाका श्रीमान राजकुमार राना र परिवारका अन्य सदस्यहरुले उपचारकालागि धनगढी स्थित सेती प्रदेशिक अस्पताल लगिएको थियो । अस्पतालमा पुग्नासाथ छोरा एलेक्सको मृत्यु भैसकेको थियो भने निर्मला बेहोस भएकी थिइन ।

घटना के कति कारणले घटेको छ सो रहस्यमय तरिकाले भएको हो भन्नेबारे घटनाको थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय पुनर्बासका इन्चार्ज प्रहरी निरीक्षक वकिल बहादुर सिहले बताए । मृतक आमा र बच्चाको सेती प्रादेशिक अस्पतालमा पोष्टमार्टम भई मृतकका आफन्तले सब बुझेको ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका ईन्चार्ज प्रहरी निरीक्षक सिंह बताए ।