अछाममा मदिरा सेवन गरी आफ्नै घरमा आगो लागाउने एकजना पक्राउ

अछाममा मदिरा सेवन गरी आफ्नै घरमा आगो लागाउने एकजना पक्राउ

अछाम : मंगलसेन नगरपालिका ६ सिराडीका एक युवकले मदिरा सेवन गरी आफ्नै घरमा आगो लगाएका छन् । श्रीमतीसँग घरायसी विवाद हुँदा बिहीबार दिउँसो १२ बजेतिर श्रीमती, भाइ र ३ जना छोरीलाई कुटपिट गरी घरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख डीएसपी जनकबहादुर शाहीले बताए ।  

घरमा आगो लगाउने २५ वर्षीय कुशे दमाईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आगोले घर आंशिक रुपमा क्षति भएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दशैंको बेला हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गरी जिल्लाको शान्ति सुरक्षा कडा पारिएको प्रहरी प्रमुख शाहीले बताए ।