धनगढीमा गरिएको परिक्षणमा थप १५ जनामा कोरोना पुष्टि

धनगढीमा गरिएको परिक्षणमा थप १५ जनामा कोरोना पुष्टि

धनगढी : धनगढीमा गरिएको परिक्षणमा सुदूरपश्चिम प्रदेशका थप १५ जनामा कोरोना पुष्टि भएको छ । धनगढीस्थित सेती अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा १५ जना संक्रमित थएिका हुन ।

पछिल्लो २४ घण्टामा गरिएका ७३९ नमुनामध्ये १५ जनामा संक्रमण देखिएको हो । अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले तीन महिला र १२ पुरुषमा संक्रमण देखिएको जानकारी दिए ।

उनले अछामको साँफेबगर नगरपालिकाका ९ जना, कैलालीको गोदावरी नगरपालिकाका ४ जना, धनगढी उपमहानगरपालिकाका एक जना र कैलाली कै स्थानीय तह नखुलेका एक जना पुरुषमा संक्रमण पुष्टि भएको बताए ।