नेपालमा कोरोनाले एकैदिन १२ जनाको मृत्यु, मृतक संख्या २०७ पुग्यो

नेपालमा कोरोनाले एकैदिन १२ जनाको मृत्यु,  मृतक संख्या २०७ पुग्यो

नेपालमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ सय नाघेको छ । पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु पुष्टि भएसँगै नेपालमा कोरोनाका मृतक २०७ पुगेको हो । यो संख्या कुल संक्रमतिको ० दशमलब ५ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार शनिबार कोरोनाले ज्यान गुमाउनेहरुमा ३ जना महिला र ९ जना  पुरुष रहेका छन्  ।

मृत्यु हुनेमा पाल्पाकी ३० वर्षीया एक महिला, काठमाडौंकी ५१ वर्षकी एक महिला र भक्तपुरकी ६२ वर्षकी एक महिलाको मृत्यु भएको हो ।

यस्तै मृतक पुरुषहरुमा पर्साका ४८ र ४९ वर्षका २ जना पुरुष, सिरहाका ८४ वर्षका एक पुरुष, गोरखाका ३८ वर्षका एक पुरुष, कास्कीका ५८ वर्षका एक पुरुष, काठमाडौंका ८३ वर्षका एक पुरुष, ललितपुरका ७२ र ६१  वर्षका २ जना  पुरुष र भक्तपुरका ८२ वर्षका पुरुषको मृत्यु भएको छ ।