दुर्गाथलीका २३ र केदास्यूँका ३ जना गरी बझाङका २६ जनामा कोरोना पुष्टि

दुर्गाथलीका २३ र केदास्यूँका ३ जना गरी बझाङका २६ जनामा कोरोना पुष्टि

बझाङ : शनिबार बझाङमा थप २६ जनामा कोरोना पुष्टि भएको छ। डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा दुर्गाथली गाउँपालिकाका २३ जना र केदास्यूँ गाउँपालिकाका ३ जना गरी बझाङका थप २६ जनामा कोरोना पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा ३८५ जनाको कोरोना परिक्षण गर्दा बझाङकै मात्र २६ जना बैतडीका २१ र दार्चुलाका २ जना गरी जम्मा ४९ जनामा कोरोना पुष्टि भएको अस्पतालका प्रयोगशाला इन्चार्ज ईस्वरीप्रसाद भूषालले जानकारी दिए।

बझाङमा एक जनाले कोरोना रिपोर्ट आएपछी आत्महत्या गरेका छन् भने एक जना वृद्धको मृत्युपछि कोरोना रिपोर्ट पोजेटिभ आएको छ । यो सँगै बझाङमा कोरोना संक्रमितको संख्या ३ सय २० पुगेको छ ।