हराएका भनिएका एनआइसीयू उपकरण अस्पतालमै भेटिए

हराएका भनिएका एनआइसीयू उपकरण अस्पतालमै भेटिए

डडेल्धुरा: डडेल्धुरा  अस्पतालमा  हराएका भनिएका एनआइसीयू उपकरण अस्पतालमै भेटिएका छन्। 

लायन्स क्लबले डडेल्धुरा अस्पतालका लागि ल्याएका उपकरण हराएका भनिएका थिए। एनआइसीयूका १६ प्रकारका उपकरण अस्पतालमा जडान गरिएको अवस्थामा भेटिएका हुन्। उपकरण २०७६ मङ्सिर ५ गते अस्पताल पुगेको लायन्स क्लब डडेल्धुराले जनाएको थियो। अस्पतालले भने पुगे नपुगेको बारे कुनै जानकारी नभएको जनाएको थियो । तर  उपकरण अहिले अस्पतालको एनआइसीयूकक्षमा जडान गरेको पाइएको छ। यी उपकरण जडानपछि अहिले अस्पतालमा आठ श्ययाको एनआइसीयू सञ्चालनमा छ।

गत वर्ष पुसमा अस्पतालका मेसु परिवर्तन भएका थिए। स्टोरकिपर पनि परिवर्तन भएकाले लायन्स क्लबले उपलब्ध गराएका उपकरण हराएको जस्तो देखिएको अस्पतालका मेसु डा. जगदीशचन्द्र विष्टले बताउनुभयो ।