प्रहरीका ७२ जना डिएसपीको सरुवा, हेर्नुस् को कहाँ ?

प्रहरीका ७२ जना डिएसपीको सरुवा, हेर्नुस् को कहाँ ?

प्रहरी प्रधान कार्यालयले सोमबार ७२ जना नायब उपरीक्षक(डीएसपीको सरुवा गरेको छ। केही जिल्लाका प्रमुख फेरिएका छन्।

दैलेखमा अनुपम श्रेष्ठ, सल्यानमा गोविन्द थापा, तेह्रथुममा गौतम थापा, कालिकोटमा चक्रबहादुर शाह, मुगुमा चित्रबहादुर भट्टराई, पाँचथरमा दानबहादुर थापा, रोल्पामा नरेशराज सुवेदी, बाजुरामा मदनजित बोहरा, डडेल्धुरामा महेन्द्र नेपाललाई पठाइएको छ।

यसैगरि अछाममा योगेन्द्रसिंह थापा, डोल्पामा राजु पाण्डे, जुम्लामा माधवप्रसाद काफ्ले, बझाङमा रुपक खड्का, प्युठानमा सुनिल मल्ल र नुवाकोटमा हरिबहादुर ओलीलाई सरुवा गरिएको छ ।

महानगरीय प्रहरी वृत कालिमाटीमा अपिल बोहरा, इलाका प्रहरी कार्यालय इटहरीमा अर्जुन केसी, महानगरीय प्रहरी वृत जगातीमा राजेश थापा र महानगरीय प्रहरी वृत दरबारमार्गमा रामेश्वर पौडेललाई पठाइएको छ।