डोटीमा गरिएको परिक्षणमा थप ७ जनामा कोरोना पुष्टि

डोटीमा गरिएको परिक्षणमा थप ७ जनामा कोरोना पुष्टि

धनगढी : डोटी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा थप ७ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा परिक्षण  गरिएका ८३ नमुनाहरुमध्ये ७ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रयोगशालाका मोलेकुलर ल्याव इन्चार्ज शौरभ श्रेष्ठका अनुसार डोटीका २ जना र अछामका ५ जनामा संक्रमण देखिएको हो । उनले अछामको मंगलसेन नगरपालिका वडा नम्बर १ का तीन जना, वडा नम्बर ४ का एक जना र वडा नम्बर ८ का एक जनामा संक्रमण पुष्टि भएको बताए ।

यस्तै डोटीकोे आर्दश गाउँपालिकाका वडा नम्बर १ का दुई जनामा कोरोना पोजेटिभ देखिएको इन्चार्ज श्रेष्ठले जानकारी दिए ।