चितवनमा कोरोना जितेर डिस्चार्जको तयारीमा रहेकी महिलाको मृत्यु

चितवनमा कोरोना जितेर डिस्चार्जको तयारीमा रहेकी महिलाको मृत्यु

चितवनमा कोरोना जितेर डिस्चार्ज गर्ने तयारीमा रहेकी एक महिलाको मृत्यु भएको छ । कोरोना पोजेटिभ भएपछ अस्पतालमा भर्ना भएकी उनको पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्जको तयारीमा रहेकै बेला चितवनको पुरानो मेडिकल कलेजमा आज मृत्यु भएको हो ।

आज दिउँसो उनको मृत्यु भएको अस्पतालका सीईओ सुप्रभात श्रेष्ठले पुष्टि गरे । मृतक नवलपरासी पूर्व विनयी त्रिवेणी गाउँपालिकाकी ७५ वर्षीया महिला रहेको अस्पतालले जनाएको छ ।

उनको मृत्युको विषयमा अस्पतालले छानविन तथा अनुसन्धान जारी राखेको छ । ती महिलालाई कोरोना पुष्टि भएपिछि उनको हेरचाहमा खटिएका दुई जना आफन्तहरुलाई पनि कोरोना पुष्टि भएको छ ।

उनीहरुको हाल नवलपुर प्राकृतिक चिकित्सालयको आइसोलेसनमा उपचार भइरहेको छ ।