कोरोनाले थप ४ वर्षीया बालिकासहित ७ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या २२८ पुग्यो

कोरोनाले थप ४ वर्षीया बालिकासहित ७ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या २२८ पुग्यो

नेपालमा सोमबार थप ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २२८ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार आज एक महोत्तरीकी ४ वर्षीया बालिकासहित ७ जनाको मृत्यु भएको छ । जसमा महोत्तरीकी ४ वर्षीया बालिका, गोरखाकी ६५ वर्षीया महिला, रुपन्देहीकी ६८ वर्षीया महिला रहेका छन् ।

त्यसैगरी झापाका ८६ वर्षीय पुरुष, रौतहटका ४० वर्षीय पुरुष, चितवनका ७८ वर्षीय पुरुष र भक्तपुरका ७७ वर्षीय पुरुषको कोरोनाले मृत्यु भएको मन्त्रालयले जनाएको छ ।