धनगढीमा गरिएको परिक्षण आज थप १९ जनामा कोरोना पुष्टि

धनगढीमा गरिएको परिक्षण आज थप १९ जनामा कोरोना पुष्टि

धनगढी : धनगढीमा गरिएको परिक्षण आज थप १९ जनामा कोरोना पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा थप १९ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टमा परिक्षण गरिएका ६९३ नमुनाहरुमध्ये १९ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । अस्पतालका सुचनाअधिकारी दिलिप कुमार श्रेष्ठले ९ महिने बालिका सहित १९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । उनले कैलालीका ९ महिने बालिका सहित १६ जना र कञ्चनपुरका ३ जनामा संक्रमण देखिएको बताए ।

उनका अनुसार कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर १८ का एक जना, बेदकोट नगरपालिकाका दुईजना, कैलालीको जानकी गाउँपालिका वडा नम्बर ३ का एक जना, बर्दगोरीया गाउँपालिका वडा नम्बर २ का एकजना र लम्कीचुहा नगरपालिका वडा नम्बर १० का एकजनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का ९ जना, वडा नम्बर ३ का दुईजना र वडा नम्बर १ दुई जनामा संक्रमण देखिएको सुचना अधिकारी श्रेष्ठले जानकारी दिए ।