धनगढीमा नौं महिने शिशु सहित १३ जनामा कोरोना संक्रमण पुष्टि

धनगढीमा नौं महिने शिशु सहित १३ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी : धनगढी उप-महानगरपालिकामा आज थप १३ जनामा कोरोना पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परिक्षणमा ९ महिने शिशुसहित १३ जनामा संक्रमण देखिएको हो ।

अस्पतालका सुचनाअधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का २९, ५६, ५३, २५ बर्षिया महिला र १२, ९, २५, २०, ५३ बर्षिय पुरुषमा संक्रमण देखिएको हो ।

यस्तै वडा नम्बर ३ का ९ महिने शिशु र २५ बर्षिय पुरुष र वडा नम्बर १ का २७ र ३६ बर्षिय पुरुष गरी धनगढीमा १३ जनामा संक्रमण देखिएको उनले बताए । धनगढीमा १३ जना थपिए संगै धनगढी उप–महानगरपालिकामा कोरोना संक्रमितको संख्या २४३ पुगेको छ।