राजश्व छली गरी ल्याइएका चार लाख पर्ने मोटरसाइकलका पाठ पुर्जा बरामद

राजश्व छली गरी ल्याइएका चार लाख पर्ने मोटरसाइकलका पाठ पुर्जा बरामद

धनगढीमा प्रहरीले झण्डै ४ लाख मूल्य पर्ने भन्सार छलीका मोटरसाइकलका पाठ पुर्जा बरामद बरामद गरेको छ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ३ चटकपुरमा वेवारिसे अवस्थामा छोडिएका ३ लाख ९६ हजार ४ सय १० मूल्य पर्ने चोरी पैठारीका मोटरसाइकलका पाठ पुर्जा बरामद गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले बरामद गरिएका सामग्री आवश्यक कारवाहीका लागि भन्सार कार्यालय बुझाइएको जानकारी दिए।