डेरामा बस्ने युवती बलात्कार आरोपमा फरार घरबेटी पक्राउ

डेरामा बस्ने युवती बलात्कार आरोपमा फरार घरबेटी पक्राउ

कैलालीको धनगढी उपमहागरपालिका – ७ मा डेरा गरी बस्ने एक युवती बलात्कार गरेर फरार भएको आरोप लागेका युवक पक्राउ परेका छन्। आफ्नै घरमा डेरा गरी बस्दै आएकी युवतीलाई बलात्कार गरी फरार भएका २८ वर्षीय श्रीराम राना पक्राउ परेका हुन। 

गत साउन २४ गते ज्यालादारी काम गर्ने ती महिलाका श्रीमान काममा गएका बेला जबरजस्ती कोठामा गएर डराइ धम्काइ जबरजस्ती करणी गरी फरार भएका युवकलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले बताए। 

पक्राउ परेका रानमाथि जिल्ला अदालतबाट म्यादथप गरी थप अनुसन्धान भईरहेको डिएसपी विष्टले बताए।