राजमतीले जन्माइन् तिम्ल्याहा छोरी

राजमतीले जन्माइन् तिम्ल्याहा छोरी

धनगढी: कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीकी २५ वर्षीया राजमती रानाले आज दिउसो सेती प्रादेशिक अस्पताल धनगढीमा तिम्ल्याहा छोरीलाई जन्म दिएकी छन् । 

रक्तश्राव पछि आज दिउसो १२ बजे धनगढी ल्याइएकी राजमतीको अस्पतालमा शल्यक्रिया गरी तीन छोरीलाई बाहिर निकालेको हो । राजमतीको पहिलो सन्तान एक हजार चार सय ग्राम, दोस्रो एक हजार दुईसय ग्राम र तेस्रो सन्तानको तौल एक हजार तीन सय ग्राम रहेको , सुत्केरी र तीनै नवजात शिशुको स्वासथ्य ठिकरहेको र तिनै जनालाई एनआईसियुमा राखिएको  डा. खगेन्द्रराज भट्टले  बताउनुभयो ।
 ।
राजमतीले यसअघि पनि छोरीलाई जन्म दिएकी थिईन । छोराको आस गरेकी राजमती छोरी नै भएको थाह पाउदा अवेसम्म रोईरहिन । उनले आठौ महिनाम तीन सन्तानलाई जन्म दिएकी हुन् ।