सुदूरपश्चिममा ४ हजार नौ सय ७९ जना कोरोना संक्रमण मुक्त

सुदूरपश्चिममा ४ हजार नौ सय ७९ जना कोरोना संक्रमण मुक्त

धनगढी: सुदूरपश्चिम प्रदेशमा सोमवार थप ५० जना कोरोना संक्रमण मुक्त भएका छन्। योसंगै  प्रदेशका नौ वटै जिल्लाका चार हजार नौ सय ७९ जनाले कोरोना जितेका छन्।

नियमित प्रेस ब्रिफिङमा प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले सोमवार अछामबाट १८, डोटीबाट १३, महाकाली अस्पतालबाट १२, टीकापुर अस्पतालबाट ६ र सेती प्रादेशिक अस्पतालबाट एक जनालाई डिस्चार्ज गरिएको जानकारी दिए।

प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार अहिलेसम्म सबैभन्दा धेरै संक्रमित रहेको कैलालीका एक हजार तीन सय ३८ जना निको भएर घर फर्किएका छन्। यस्तै डोटीका आँठ सय १६, अछामका  आँठ सय १३, कञ्चनपुरका ६ सय २८ जना संक्रमित निको भएर घर फर्किएका  छन । बाजुराका चार सय ४२ जना, बैतडीका तीन सय २२, डडेल्धुराका दुई सय ९९, बझाङका दुई सय ८० जना र दार्चुलाका ४१ जना संक्रमित पनि डिस्चार्ज भएका छन्।