सुदूरपश्चिममा नेपाली सेनाको एकै ब्यारेकका २१ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा नेपाली सेनाको एकै ब्यारेकका २१ जनामा कोरोना पुष्टि

धनगढी : डोटीमा नेपाली सेनाको एकै ब्यारेकमा कार्यरत २१ जना कोरोना संक्रमण पुष्टि भएको खुलेको छ।

जिल्लाको दीपायल–सिलगढी नगरपालिका–४ सुल्लेखस्थित नेपाली सेनाको ब्यारेकमा कार्यरत २१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए।

डोटी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो। भदौ १३ गते २२ जनाको स्वाब लिएका थियौँ, उनीहरुमध्ये २१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख मलासीले जानकारी दिए ।