कैलाली र कञ्चनपुरका थप १४ जनामा संक्रमण पुष्टि

कैलाली र कञ्चनपुरका थप १४ जनामा संक्रमण पुष्टि

धनगढी : धनगढीमा गरिएको परिक्षणमा थप १४ जनामा कोरोना पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परिक्षणमा १४ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा परिक्षण भएका ५६६ नमुनाहरुमध्य १४ जनामा संक्रमण पोजेटिभ दखिएको अस्पतालले जनाएको छ । अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार कैलालीका ११ जना र कञ्चनपुरका तीन जनामा संक्रमण पुष्टि हो ।

उनले कञ्चनपुरको भिमदत्त नगरपालिकाका तीन जना, कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का एक महिला र दुई पुरुष, वडा नम्बर ६ का एक महिला, वडा नम्बर १२ का एक महिला, वडा नम्बर १९ का एक महिलामा संक्रमण देखिएको जानकारी दिए ।

यस्तै गौरीगंगा नगरपालिका वडा नम्बर ६ का एक जना पुरुष र गोदावरी नगरपालिकाका ११ महिने शिशुसहित चार जनामा संक्रमण पुष्टि भएको सुचना अधिकारी श्रेष्ठले बताए ।