मंगलबार धनगढीमा थप ६ जनामा कोरोना पुष्टि

मंगलबार धनगढीमा थप ६ जनामा कोरोना पुष्टि

धनगढी : धनगढी उपमहानगरपालिकामा मंगलबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परिक्षणमा ६ जना संक्रमित थपिएका हुन । 

अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का एक महिला र दुई पुरुष, वडा नम्बर ६ का एक महिला, वडा नम्बर १२ का एक महिला, वडा नम्बर १९ का एक महिलामा संक्रमण देखिएको हो ।

यसअघि हिजो सोमबार १३ जना संक्रमित थपिएका थिए । आज थपिएका ६ जनासँगै संक्रमितको संख्या २४९ पुगेको छ ।