सुदूरपश्चिमा आज थप १०१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६ हजार नाघ्यो

सुदूरपश्चिमा आज थप १०१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६ हजार नाघ्यो

धनगढी । सुदूरपश्चिममा प्रदेशमा आज थप १०१ जनामा कोरोना पुष्टि भएको छ। यस प्रदेशका तीन वटा प्रयोगशाला भएको परिक्षणमा आज १०१ जना संक्रमित थपिएका हुन ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १४ जना, डडेल्धुरा अस्पतालको प्रयोगशालामा ५६ जना र डोटी अस्पतालको प्रयोगशालामा ३१ जना गरी थप १०१ जनामा संक्रमण पुष्टि भएको हो।

यता सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा परिक्षण भएका ५६६ नमुनाहरुमध्य १४ जनामा संक्रमण पोजेटिभ दखिएको अस्पतालले जनाएको छ । अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार कैलालीका ११ जना र कञ्चनपुरका तीन जनामा संक्रमण पुष्टि हो ।

उनले कञ्चनपुरको भिमदत्त नगरपालिकाका तीन जना, कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का एक महिला र दुई पुरुष, वडा नम्बर ६ का एक महिला, वडा नम्बर १२ का एक महिला, वडा नम्बर १९ का एक महिलामा संक्रमण देखिएको जानकारी दिए ।

यस्तै गौरीगंगा नगरपालिका वडा नम्बर ६ का एक जना पुरुष र गोदावरी नगरपालिकाका ११ महिने शिशुसहित चार जनामा संक्रमण पुष्टि भएको सुचना अधिकारी श्रेष्ठले बताए ।

यस्तै डडेल्धुरा अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा परिक्षण भएका ५३५ नमुनाहरुमध्ये ५६ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भूषालले ४ जिल्लाका ५६ जनामा संक्रमण देखिएको जानकारी दिए ।

उनले डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका दुईजना, बैतडीको पुचौंडी नगरपालिकाका एकजना, मेलौली नगरपालिकाका दुईजना, शिगास गाउँपालिकाका ८ जना र अछामको पञ्चदेवल बिनायक नगरपालिकाका ५ जनामा संक्रमण देखिएको बताए ।

यस्तै बझाङको बिथथडचिर गाउँपालिकाका दुईजना, बुङ्गल नगरपालिकाका १४ जना, छब्बिसपाथिभरा गाउँपालिकाका दुईजना, केदारस्यूँ गाउँपालिकाका १६ जना र थलारा गाउँपालिकाका ४ जनामा संक्रमण देखिएको प्रयोगशाला इन्चार्ज भूषालले जानकारी दिए ।

उता डोटी अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा परिक्षण भएका ७७ नमुनाहरुमध्ये ३१ जनामा संक्रमण देखिएको हो । प्रयोगशालाका मोलेकुलर ल्याव इन्चार्ज शौरभ श्रेष्ठले डोटीका २४ जना र अछामका ७ जनामा संक्रमण देखिएको जानकारी दिए ।

उनले डोटीको शिखर नगरपालिका वडा नम्बर १ का दुई जना, के.आई.सिंह गाउँपालिका वडा नम्बर ४ का एकजना र सुल्लेखका २१ जनामा संक्रमण देखिएको बताए ।

यस्तै अछामको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर १ का एकजना, वडा नम्बर ३ का दुईजना र रामारोशन गाउँपालिकाका ४ जनामा कोरोना पोजेटिभ देखिएको  इन्चार्ज श्रेष्ठले जानकारी दिए । यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ६ हजार ३० पुगेको छ।