कैलालीमा नदीमा डुबेर एक जनाको मृत्यु

कैलालीमा नदीमा डुबेर एक जनाको मृत्यु

 धनगढी: कैलालीमा नदीमा डुबेर एक जनाको मृत्यु भएको छ। 

जिल्लाको घोडाघोडी नगरपालिका –४ माघीका ४५ वर्षीय कालुसिंह साउँदको मृत्यु भएको हो । उनी मलामी गएका बेला नुहाउने क्रममा नदीमा बेपत्ता भएका थिए।  उनको शव कान्द्रा नदीमा सशत्र प्रहरी बल नेपाल नम्बर ७ बैझनाथ बाहिनीको गोताखोर टोलीले साउँदको शव फेला पारेको हो।