फेरि बढायो सरकारले पेट्रोलको मूल्य

फेरि बढायो  सरकारले पेट्रोलको मूल्य

सरकारले पेट्रोलको मूल्य फेरि बढाएको छ । नेपाल आयल निगमले मंगलबार मध्यरातपछि लागू हुने गरी लिटरमा दुई रुपैयाँ मूल्य बढाएको हो । 

अब पेट्रोलको मूल्य लिटरमा १०७ रुपैयाँ पुगेको छ ।

तर, डिजेल, मटितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने समायोजन गरिएको छैन ।