ताप्लेजुङमा चट्याङ लागेर एकजनाको मृत्यु

ताप्लेजुङमा चट्याङ लागेर एकजनाको मृत्यु

ताप्लेजुङमा मंगलबार बेलुका परेको चट्याङ लागेर एकजनाको ज्यान गएको छ, भने पाँच घाइते भएका छन् । 

मृत्यु हुनेमा फुङलिङ नगरपालिका १० फुरूम्बुकी दुर्गा विष्ट भट्टराई हुन्। चट्याङले गम्भीर भएकी उनको उपचारका लागि जिल्ला अस्पताल ल्याउने क्रममा मृत्यु भएको हो । उता सिरिजंघा गाउँपालिकामा पाँचजना घाइते भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । वडा नं ४ तेल्लोकमा दुईजना र वडा नं ५ पेदाङमा तीनजना घाइते भएका हुन् । तेल्लोकका ३५ वर्षीय कुमार थेबे र सोही ठाउँका १७ वर्षीय उमेश थेबे, पेदाङका ५० वर्षीय अर्थमान मावो, उनकी श्रीमती ४९ वर्षीया नरमाया मावो र ६ वर्षीय छोरा अतिप मावो घाइते छन् । घाइतेको तेल्लोकस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।